Techie IT
शनिबार, वैशाख २७,२०८२

राष्ट्रिय गौरवका आयोजनालाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड


काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रिय गौरवका आयोजनालाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज संसद् सचिवालय, सिंहदरबारमा बसेको बैठकमा अध्यक्ष तिमल्सिनाले गौरवका आयोजनाहरू मुलुक विकासको मुख्य आधार भएकाले त्यस्ता आयोजनाहरू जतिसक्दो छिटो सम्पन्न गर्नुपर्ने  विचार व्यक्त गर्नुभयो ।

बैठकमा सांसदहरुले कालिगण्डकी करिडोर निर्माणमा ढिलाइ भएको भन्नुहुँदै समयमा निर्माण सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो  ।

सडक विभागका महानिर्देशक अर्जुन जङ्ग थापाले कलागिण्डकी करिडोर निर्माणमा भएका प्रगति प्रस्तुत गर्नुभयो ।

महानिर्देशक थापाले  कर्मचारीको सरुवा, स्थानीयवासीको अवरोध, पहिरो, बजेटको स्रोत सुनिश्चिता नहुनु लगायतका कारण निर्माणमा ढिलाइ भएको जानकारी गराउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #गणेशप्रसाद तिमल्सिना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:15 am6:44 pm +0545