रामकोट बस्ने ४० वर्षीय नवराज गिरी मृत अवस्थामा फेला

काठमाडौं । काठमाडौं, ललितपुर, रोल्पा र डडेलधुरामा चार जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौंको नागार्जुन नगरपालिका– ६ रामकोटस्थित मकैबारीमा सोही नगरपालिका–७ रामकोट बस्ने ४० वर्षीय नवराज गिरी मृत अवस्थामा फेला परेका छन् । गत शुक्रबारदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा मंगलबार उक्त स्थानमा शव फेला परेको प्रहरीले जनाएको छ ।
ललितपुरको ललितपुर महानगरपालिका–१४ ताल्चीखेल बस्ने भोजपुर घर भएका ७० वर्षीय हरि बहादुर श्रेष्ठ सोही स्थानको सडक छेउमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै, रोल्पाको रोल्पा नगरपालिका–१ मेवाङ डेरा गरी बस्ने त्रिवेणी गाउँपालिका–१ टुक्लाकरेटी घर भएका ४७ वर्षीय बल बहादुर डाँगी आफ्नै डेरा कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
डडेलधुराको अमरगढी नगरपालिका–२ कुश्मालीस्थित घटाल खोलामा सोही नगरपालिका–५ बस्ने १८ वर्षीय किरण पाठक मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #विभिन्न स्थानमा ४ जना मृत फेला
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्