Techie IT
आईतबार, वैशाख २८,२०८२

अवैध लागूऔषधसहित पाँच जना पक्राउ


 

काठमाडौं । प्रहरीले विभिन्न ठाउँबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।
काठमाडौंमा अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गाबाट करिब १ किलो ५ सय ग्राम गाँजासहित धादिङ घरभएका ५१ वर्षीय सानुबाबु अधिकारीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

बा ३ ख ५२७ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलामा लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै, प्रहरीले मकवानपुरबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका– ११ मा नियन्त्रित लागूऔषध १६ एम्पुल नुर्फिन, १६ एम्पुल फेनारगन र १६ एम्पुल डाइजेपाम सहित २ जनालाई शनिबार पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका– १२ पदमपोखरी बस्ने २८ वर्षीय रमेश बिक र सोही ठाउँ बस्ने २८ वर्षीय सजन बिक रहेका छन् । अस्थाई प्रहरी पोष्ट थानाभ¥याङबाट गस्तीमा खटिएको प्रहरीले उनीहरूलाई झोलामा लुकाई राखेको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी, प्रहरीले मोरङमा अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ परेको छ । बिराटनगर महानगरपालिका– १५ बाट २ ग्राम ९४ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुईजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा बिराटनगर महानगरपालिका– १२ बस्ने २२ वर्षीय सुहन लिम्बु र बेलबरी नगरपालिका– ११ बस्ने ३१ वर्षीय सिकुम योङहाङ रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको को ३४ प २६३ नम्बरको मोटरसाइकललाई लागूऔषध व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #लागूऔषधसहित पाँच जना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:15 am6:44 pm +0545