Techie IT
आईतबार, वैशाख २८,२०८२

विभिन्न देशका मुद्रासहित भारतीय नागरिक पक्राउ


काठमाडौं । अबैधरुपमा अन्य मुलुकमा लैजान लागेको विभिन्न देशका मुद्राहरू सहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा राहदानी नम्बर जेड ५५६५७१५ बाहक ४३ वर्षीय अंकुर घनसे पटेल रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनको साथबाट ३ हजार ६ सय अमेरिकी डलर, २ हजार १ सय ३० पाउण्ड स्टर्लिङ, ३ हजार २ सय यूरो, ४ हजार ४ सय ६५ यूएई दिराम र ४ हजार ६ सय ५० केन्याको स्टर्लिङ बरामद गरेको छ ।
फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले पक्राउ गरेको हो ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #विभिन्न देशका मुद्रासहित भारतीय नागरिक पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:15 am6:44 pm +0545