मधेस प्रदेशको छ करोड ५३ लाख लगानीमा सडक स्तरोन्नति
वीरगञ्ज। पर्साको वीरगञ्ज महानगरपालिका–१६ मा मधेस प्रदेश सरकारको लगानीमा सडक स्तरोन्नति सुरु भएको छ । प्रदेशको सरकारको कूल रु छ करोड ५३ लाखको लागतमा लक्ष्मणवा, भिस्वा, नगवा, इनर्वासम्मको सडक स्तरोन्नति थालनी गरिएकोे हो ।
मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत वीरगञ्ज कार्यालयको रेखदेखमा आगामी २०८० साल पुस ८ गते सम्म यो सडकखण्डको निर्माण सम्पन्न हुने जनाइएको छ । सडक स्तरोन्नतिको काम शिवा कन्स्ट्रक्सन प्रालि, काठमाडौँले पाएको हो ।
वीरगञ्ज –१६ नगवादेखि साढे चार किलोमिटर लम्बाइको सडक निर्माणका लागि काम सुरु भएको छ । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत सडक निमार्णको योजना अघि बढाइएको हो ।
पालिकाबाटै अनलाइन फाराम
सेवाग्राहीको सहजताका लागि बारा जिल्लामा पनि सम्बन्धित पालिकास्तरबाटै राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम निःशुल्क रुपमा भर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।
राष्ट्रिय परिचयपत्रलाई छिटोछरितो र व्यवस्थित बनाउनका लागि अनलाइन फाराम जिल्लाका सबै पालिकाबाट निःशुल्क रुपमा भर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।
सेवा लिन सेवाग्राही सम्बन्धित पालिकाबाट परिचयपत्रका लागि अनलाइन फाराम भरेर मात्र जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालय आउनुपर्ने छ । यसो गर्दा कार्यालयमा हुने अनावश्यक भीडमा कमी आउने जनताको समय र पैसा बचत हुने जनाइएको छ ।
परिचयपत्र बनाउन जिल्लाका विभिन्न क्षेत्रबाट जनताहरुले दिनभरिको समय खर्चिएर, आर्थिक खर्च पनि गरेर दुवै जिल्लाका प्रशासन कार्यालयसम्म आउनुपर्ने बाध्यता थियो ।
यस अगावै प्रशासनले पनि राष्ट्रिय परिचयपत्र र ई–पासपोर्ट आवेदनका लागि सेवाग्राहीले सम्बन्धित पालिकाबाटै अनलाइन फाराम निःशुल्क रुपमा भर्ने व्यस्थापन मिलाइसकेको थियो ।
भोजपुरी पुस्तक विमोचन
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भोजपुरी भाषाका चर्चित लेखक दिनेश गुप्ताद्वारा लिखित ‘अब सुतल ठीक नइखे’ (गजल सङ्ग्रह) र ‘हिरोशिमा’ (हाइकू सङ्ग्रह) पुस्तकको शनिबार विमोचन गरे । सो अवसरमा उनले प्रदेश सरकार प्रदेशभित्र बोलिने सबै भाषाको विकास र प्रवद्र्धन गर्न प्रतिवद्ध रहेको बताए ।
नेपाल भोजपुरी समाज वीरगञ्जद्वारा आयोजित सो कार्यक्रममा विमोचित पुस्तक तथा लेखक दिनेश गुप्ताको व्यक्ति माथि वरिष्ठ साहित्यकार एवं उद्योगपति गणेश लाठले प्रकाश पारेका थिए ।
‘अब सुतल ठिक नइखे’ गजल सङ्ग्रहमा गुप्ताका ५१ गजलहरु सङ्ग्रहित छन् भने ‘हिरोशिमा’ हाइकू सङ्ग्रहमा दुई सय एकवटा हाइकू समावेश गरिएको हो । सङ्ग्रहमा राजीतिकदेखि समाजिक तथा शृङ्गार रसमा आधारित गजल तथा हाइकूहरु समावेश गरिएको लेखक गुप्ताले बताए । –रासस
क्याटेगोरी : समाचार
ट्याग : #मधेस प्रदेशको छ करोड ५३ लाख लगानीमा सडक स्तरोन्नति, #वीरगञ्ज महानगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्