मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको र आज बिहान देशका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेका छन् ।
दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राती प्रदेश १ को एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का केहि भूभागमा सामान्य देखि पूर्ण बदली रही चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।
भारी वर्षाको सम्भावना रहेका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना, #वर्षा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- २काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ३पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ४तारकेश्वरमा फागुन २१मा हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ५एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ६एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- ७यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ८नेकपाको तर्फबाट काठमाडौं क्षेत्र नं ५ , ६ र ७ मा को को ?






तपाईको कमेन्ट लेख्नुहोस्