Techie IT
आईतबार, वैशाख २८,२०८२

अवैध हरियो सालको १० थान गोलियासहित ट्याक्टर नियन्त्रण


वीरगञ्ज । प्रहरी र वन गस्ती टोलीले पर्साको पटेर्वासुगौली गाउँपालिका १ पथलहवा खोलाबाट अवैध हरियो सालको १० थान गोलियासहित ट्याक्टर नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक किशोर आचार्य र डिभिजन वन कार्यालय रंगपुरटाडीका वन गस्तीको संयुक्त टोलीले प्रदेश २–०३–००१ – त – ६०४७ नम्बरको ट्याक्टरसहित १० थान काँचो सालको गोलिया बरामद गरेको हो ।

पर्साको राष्ट्रिय वन क्षेत्रबाट अवैध रुपमा कटान गरी ट्याक्टरमा लोड गरी ल्याउँदै गरेको अवस्थामा विशेष सूचनाको आधारमा राती प्रहरी र वन गस्ती टोलीले ट्याक्टरसहित सालको गोलिया बरामद गरेको हो ।

प्रहरीको टोलीलाई देख्ने बित्तिकै ट्याक्टर चालक र काठ तस्कर फरार भएका थिए । बरामद गरिएको काठ सहितको ट्याक्टर डिभिजन वन कार्यालय वीरगञ्ज पर्सामा बुझाएको तथा फरार रहेका चालक र काठ तस्करको खोजी भइरहेको सब डिभिजन वन कार्यालय रंगपुरटाडीका सहायक वन अधिकृत कपिलदेव यादवले बताउनुभयो ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #अवैध हरियो सालको १० थान गोलियासहित ट्याक्टर नियन्त्रण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Fair
5:15 am6:44 pm +0545