Techie IT
आईतबार, वैशाख २८,२०८२

जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ


काठमाडौं । तेह्र वर्षीया बालिकालाई जबरजस्ती करणीको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुमको छथर गाउँपालिका– २ का २१ वर्षीय षडानन्द नेपाली रहेका छन् ।
नेपालीले ती बालिकालाई ललाई फकाई साउन १२ गते दिउँसो जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । जाहेरी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो ।
यस सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:15 am6:44 pm +0545