Techie IT
आईतबार, वैशाख २८,२०८२

अपहरणमा संलग्न ६ जना पक्राउ


काठमाडौं । प्रहरीले अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा संलग्न रहेको ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं रानीबारी बस्ने गोरखा आरुघाट गाउँपालिका–७ घर भएका ३७ वर्षीय कर्ण बहादुर गुरुङ, काठमाडौं धापासी बस्ने गोरखा सिरानचोक गाउँपालिका–५ घर भएका २८ वर्षीय लक्ष्मण गुरुङ, काठमाडौं मित्रनगरस्थित सिन्धुली गेष्टहाउसमा बस्ने सर्लाही लालबन्दी नगरपालिका–११ घर भएका २९ वर्षीय रोहित मगर, काठमाडौं मित्रनगर बस्ने प्यूठान, प्यूठान नगरपालिका–८ बागदुला घर भएका २८ वर्षीय बिशाल मगर, काठमाडौं बानियाँटार बस्ने नुवाकोट शिबपुरी गाउँपालिका–६ पालथोक घर भएका २७ वर्षीय बिनोद केसी र काठमाडौं बालाजु बस्ने बर्दिया राजापुर नगरपालिका–१० घर भएका २८ वर्षीय शिब सुनार रहेका छन् ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले प्रहरी वृत्त दरवारमार्ग, लैनचौर, महाराजगञ्ज, मालीगाउँ समेतको सहयोगमा खोजी गर्ने क्रममा दुवै जनालाई काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कस्थित न्यू स्वर्गद्वारी प्यूठान होटल एण्ड लजबाट फेला पारी सकुसल उद्दार गरेको थियो ।
साथै घटनामा संलग्न उनीहरूलाई नगद ८ लाख रुपैयाँ, विभिन्न कम्पनीको २६ थान मोबाइल र १ थान हतकडी सहित पक्राउ गरेको हो ।

उनीहरू माथि जिल्ला प्रहरी परिसर काठमाडौबाट थप अनुसन्धान भइरहेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #अपहरणमा संलग्न ६ जना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:15 am6:44 pm +0545