Techie IT
आईतबार, वैशाख २८,२०८२

लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ


झापा । लागुऔषध मुद्दामा दुई वर्ष कैद र एक लाख रूपैयाँ जरिवाना गरिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका– ७ का २७ वर्षीया मनजिता सहनी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत झापाको २०७५ माघ १६ गतेको फैसलाले उनलाई लागुऔषध मुद्दामा २ वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना तोकेको थियो । फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत झापाको आदेश अनुसार कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:15 am6:44 pm +0545