Techie IT
बिहीबार, वैशाख १७,२०८३

वीरगञ्ज महानगरपालिकाका १० का स्थानीयले अब निःशुल्क रगत पाउने


वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका १० का स्थानीयले अब निःशुल्क रगत पाउने भएका छन् ।

वीरगञ्ज स्थित रक्तसञ्चार केन्द्र (ब्लड ब्याङ्क) केन्द्रबाट वडा नम्बर १० का बासिन्दाले निःशुल्क रगत पाउने भएका हुन् । वडा नम्बर १० को वडा समितिको कार्यालय र रेडक्रस सोसाइटी पर्सा शाखा बीच वडावासीलाई निःशुल्क रगत उपलब्ध गराउने विषयमा आज सम्झौता भएको छ ।

सम्झौता भएसँगै निःशुल्क रगतका लागि वडा अध्यक्ष सुशील साह कानुले रेडक्रस सोसाइटी पर्साका मन्त्री शैलेन्द्र चौरसियालाई आज नै एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ ।

वडा अध्यक्ष कानुले अब वडाका कोही पनि बासिन्दा बिरामी भएर रगतको आवश्यकता परे वडा कार्यालयबाट सिफारिस पत्र लिएर रक्तसञ्चार केन्द्रमा गए निःशुल्क रगत पाउने बताउनुभयो ।

उनले आफ्नो वडाका कोही पनि जनता पैसाको अभावमा स्वास्थ्य सेवाबाट वञ्चित नहोउन् भन्ने आफ्नो उद्देश्य रहेको बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #वीरगञ्ज महानगरपालिका, #वीरगञ्ज महानगरपालिकाका १०


तपाईको कमेन्ट लेख्नुहोस्