Techie IT
आईतबार, वैशाख २८,२०८२

तीनकुनेको कल सेन्टरमा प्रहरीको छापा


काठमाडौं : तीनकुने गैह्रीगाउँस्थित स्काइ वर्ल्ड कल सेन्टरमा प्रहरीले छापा मारेको छ।

प्रहरीले अवैध गतिविधि गरेको आश‌ंकामा छापा मारेको हो। यहाँ दुई हजार बढी युवायुवतीहरु काम गर्दै आएको पाइएको छ।

प्रहरीले छापा मारेपछि ती युवायुवती बाहिर निस्केका छन्।

व्यवस्थापन पक्षसँग प्रहरीले अहिले सोधपुछ गरिरहेको छ। कल सेन्टरले भारतीय नागरिकलाई ऋण दिँदै आएको थियो।

वैद्य अर्गनाइजेसनको घर भाडामा लिएर कल सेन्टर सञ्‍चालनमा छ। कल सेन्टर सञ्चालनमा रहेको घर उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यको हो।

आइतबार भैरहवाको तिलोत्तमा नगरपालिका-२ जानकीनगरस्थित रहेको ब्लु स्काइ विजनेश सोलुसन प्रालि नामक कल सेन्टरमा प्रहरीले छापा मारेको थियो।  छापा मार्नेक्रममा प्रहरीले एकजना भारतीयसहित ९ जना ‘टिम लिडरहरू’लाई पक्राउ गरेको थियो।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #तीनकुनेको कल सेन्टरमा प्रहरीको छापा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:14 am6:45 pm +0545