साउन महिनाको दोस्रो सोमबार पशुपतिमा रमझम

काठमाडौं । साउन महिना शिवजीको पूजा अराधाना गर्ने महिनाको रुपमा लिने गरिन्छ । यो महिनामा पनि सोमबार विशेष मानिन्छ । अघिपछि पनि सोमबार शिवजीको व्रत बस्ने गरिन्छ भने साउनमा व्रत बस्नुलाई त झनै महत्वपूर्ण मान्ने गरिएको छ ।
आज साउन महिनाको दोस्रो सोमबार । विशेषगरी महिला तथा युवतीहरुले आफ्ना श्रीमानको दीर्घायुका लागि कामना गरेर व्रत बस्छन् भने अविवाहितहरुले असल श्रीमान पाउनका लागि कामना गर्ने विश्वास गरिँदै आएको छ ।
यो महिना पशुपतिनाथ मन्दिरमा हजारौँ भक्तजनहरुले दर्शन गर्छन् । यो महिना बोलबम जाने गरिन्छ । महिला तथा युवतीहरुले पहेँलो हरियो वस्त्र लगाउने, व्रत बस्ने एवम् पूजा अर्चना गर्ने गर्दछन् । पछिल्लो समय पुरुषहरु पनि बोलबम जाने व्रत बस्न थालेका छन् ।
यसै क्रममा आज सोमबार पनि पशुपतिनाथमा बिहानैदेखि भक्तजनहरुको भीडा लाग्यो । शिवजीको स्तुति गाउँदै भक्तजनहरुले पशुपति दर्शन गरे । त्यसपछि मन्दिर परिसरमा भजनमा नाचगान गर्दै उनीहरुले साउने सोमबार मनाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पशुपति, #साउन महिनाको दोस्रो सोमबार पशुपतिमा रमझम
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्