स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्याको तत्काल समाधान गर्नपर्छ: डिला संग्रौला
काठमाडौं । नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्याको तत्काल समाधान गर्न आग्रह गरेकी छन्
आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले सरकारले दिनपर्ने भुक्तानी प्राप्त नभएको भन्दै सरकारी अस्पतालहरुकै सूचना आउनु र सेवा स्थगित गर्नु दुःखद भएको बताएकी छन् ।
उनले भनिन्, ‘२०७२ साल चैत्र २५ गते कैलाली जिल्लाबाट शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ७७ जिल्लाको ७४६ ओटा स्थानीय तहमा लागू भै सकेको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार हाल सम्म करिब साढे सत्र लाख परिवार आबद्ध भै सकेका छन् । चालु आव मा स्वास्थ्य बीमामा आवद्ध घर परिवार को संख्या ३३ प्रतिशत बाट बढाएर आ गामी आव मा ५० प्रतिशत पुर्याउने लक्ष राखिएको छ ।’
अहिले नेपालमा झन्डै २० ओटा निजी स्वास्थ्य बीमा कम्पनीहरु तथा ३५० भन्दा बढी निजी अस्पतालहरु भएको बताउँदै उनले भनिन् । तर सरकारले नै अलमल गर्दा अहिले यो लोकप्रिय कार्यक्रम को भविष्य माथि नै प्रश्न उठ्न थालेका छन् ।
सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउँदै तत्कालै समाधान गर्न आग्रह गरेकी हुन् ।
त्यस्तै, उनले कोरोना महामारीबाट हुन सरकारलाई अवगत भएको बताउँदै अहिले पनि करिब ३ हजारको संख्यामा सक्रिय संक्रमित पुगेकोबारे बेलैमा सचेत हुनपर्ने बताएकी छन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #डिला संग्रौला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्