बर्दघाट–सुस्तापूर्व जिल्ला ट्राफिक कार्यालयद्धारा दुई करोडभन्दा बढी राजस्व सङ्कलन

ट्राफिक नियम उल्लङ्घन गर्ने चालाकलाई गरिएको कारबाहीबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले रु दुई करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई गरिएको कारबाहीमा ट्राफिक प्रहरीले रु दुई करोड ११ लाख ८१ हजार ५०० राजस्व सङ्कलन गरेको हो । गत आर्थिक वर्षमा मा ३१ हजार १९३ चालकलाई कारबाही गरिएको प्रमुख प्रहरी निरीक्षक प्रदीप थापाले बताउनुभयो ।
जिल्लामा ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी साधनमध्ये सबैभन्दा बढी ट्रक र दोस्रो नम्बरमा मोटरसाइकल रहेका उहाँले बताउनुभयो । विसं २०७८ साउन १ देखि २०७९ असार ३२ गतेसम्म ११ हजार ७५३ वटा ट्रक चालक कारबाहीमा परेका थिए । ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका ट्रक चालकबाट ट्राफिक प्रहरीले जरिवानाबापत रु ८४ लाख १५ हजार ५०० राजस्व सङ्कलन गर्न सफल भएको थापाले जानकारी दिनुभयो । त्यस्तै सोही अवधिमा ११ हजार ७१ मोटरसाइकल चालक कारबाहीमा पर्दा रु ७७ लाख ५६ हजार ५०० र दुई हजार ११२ यात्रुवाहक बसलाई कारबाही गर्दा रु १२ लाख ८१ हजार जरिवाना असुल भएको प्रमुख प्रहरी निरीक्षक थापाले बताउनुभयो ।
चार हजार ४१४ हलुका सवारी साधन (जीप, कार तथा भ्यान) चालकबाट रु २५ लाख ८३ हजार ५०० र एक हजार ७४३ ट्र्याक्टर चालकबाट रु ११ लाख ४५ हजार जरिवाना असुल गरिएको थियो । जिल्लामा गत आव २०७८÷७९ मा १२३ वटा सवारी साधन दुर्घटनामा परेका र त्यसमा ३९ जनाले ज्यान गुमाएका थिए भने २३९ सख्त घाइते भएका थिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #ट्राफिक नियम उल्लङ्घन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्