Techie IT
आईतबार, वैशाख २८,२०८२

धनगढी उपमहानगरपालिका बाट खैरो हेरोइन सहित २ जना पक्राउ


काठमाडौँ। कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका बाट प्रहरीले लागु औषध खैरो हेरोइन सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–९ गौरिकटान घर भएका २३ वर्षीय प्रेम ताम्राकार र गोदावरी नगरपालिका–१२ घर भएका २९ वर्षीय धर्म बडौला छन् ।

प्रेम ताम्राकारको साथबाट १ ग्राम अवैध लागूऔषध ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट पक्राउ गरिएको बडौलाको साथबाट प्रहरीले ८ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #लागु औषध खैरो हेरोइन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Fair
5:15 am6:44 pm +0545