पहिलो प्राथमिकता कृषिलाई दिनुपर्छ: राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन राष्ट्रले पहिलो प्राथमिकतामा कृषि क्षेत्रलाई स्थान दिनुपर्ने बेला आइसकेको बताउनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कफी किसानहरूसँगको छलफल कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपालको कफीलाई विश्व बजारमा पुर्याएर नेपालको समृद्धिमा मद्दत गर्न सकिने भएकाले यसमा राज्य र सरोकारवाला सबैको सकारात्मक पहल हुनु जरुरी रहेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै निर्वाहमुखी कृषि पद्धतिबाट व्यावसायिक कृषिमा रूपान्तरण गर्दै नेपालमा उत्पादित अर्ग्यानिक कफीसँगै अन्य कृषि वस्तुको निर्यात गर्न सक्ने गरी उत्पादन बढाउनुपर्ने र त्यसका लागि राज्यले अझ बढी प्रोत्साहनको नीति लिनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा अर्ग्यानिक कफी कृषक एवं व्यवसायी ढकेश्वर घिमिरेले विदेशी मुद्रा आर्जनका लागि कफी खेती प्रभावकारी देखिएकाले अर्ग्यानिक कफी खेतीको विस्तारलाई जोड दिएर नेपाली ब्रान्डका रुपमा यसको प्रवर्द्धन गर्दै जाने हो भने मुलुकको व्यापार घाटा न्यूनीकरणमा कफीको योगदान बढाउन सकिने बताउनुभयो ।
अहिले नेपालमा करिब १२ लाख हेक्टर क्षेत्रफलमा कफी खेती गरिँदै आएकोमा अझै पनि मध्य पहाडी भ–भूभागका थुप्रै नाङ्गा डाँडाकाँडामा कफी खेती विस्तार गरी नेपालमा अर्ग्यानिक कफीको उत्पादन बढाउन सकिनेमा कार्यक्रममा सहभागी कफी कृषक तथा व्यवसायीहरूले जोड दिनुभयो ।
तस्वीरः सुनिल बज्राचार्य, राष्ट्रपतिको कार्यालय
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विद्यादेवी भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्