केएमसी स्कुलमा कर्मचारीको मृत्यु भएपछि छानबिनको माग

काठमाडौँ। काठमाडौँको बुद्धनगरस्थित काठमाडौँ मोडेल स्कुल (केएमसी) स्कुलमा तोडफोड भएको छ ।
स्कुलको क्यान्टिनमा काम गर्ने २१ वर्षीय कर्मचारी रमा रायमाझीको झुण्डिएको अवस्थामा मृत भेटिएपछि तनाव उत्पन्न भएको हो ।
मृतकका आफन्तले स्कुल परिसरमा प्रदर्शन गर्दै तोडफोड समेत गरेका छन् ।
प्रदर्शन कारीको ढुंगाले लागेर स्कुलको डिजिटल बोर्डमा क्षति पुगेको छ । बाक्लो संख्यामा प्रहरीको उपस्थिति रहेको छ ।
विगत डेढ वर्षदेखि काम गर्दै आएकी रमा शनिबार ग्राउण्ड फ्लोरमा रहेको होस्टलको कोठामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् ।
काभ्रे जिल्ला तेमाल गाउँपालिका ७ मेच्छे स्थायी घर भएकी रायमाझी विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म क्यान्टिनमा काम गर्थिन् ।
उनी शनिबार बेलुका ७ः३० बजेसम्म कोठामा नपुगेपछि आफ्न्तले खोजी गर्दा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
उनका बुवाआमा काभ्रेबाट आएर विद्यालय बाहिर भावविह्वल छन् ।
आफन्तले मृत्यु शंकास्पद भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्