१२ अंकले घट्यो नेप्से

मंगलबार नेप्से परिसूचक ११.८२ अंकले घटेर १,९२१.३१ बिन्दुमा पुगेको छ। अघिल्लो दिन नेप्से परिसूचक २३.८५ अंकले घटेको थियो। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ। सोमबार दुई अर्ब ४ करोड ४८ लाख ३१ हजार रुपैयाँको कारोबार भएकोमा आज जम्मा एक अर्ब ५ करोड ८२ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ। आज २३० किसिमका धितोपत्र तथा ऋणपत्रको ३० लाख ३७ हजार ६८० सेयर किनबेच भएको छ।
कारोबार भएका धितोपत्र तथा ऋणपत्रमध्ये ५१ वटाको मूल्य बढेको छ भने जम्मा १५९ वटाको मूल्य घटेको छ। आज सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै ९.९९ प्रतिशतले सेयर मूल्य बढेको छ। यसपछि उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको ७.७४ प्रतिशतले मूल्य बढेको हो।
आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये बैंकिङ र लाइफ इन्स्योरेन्सको बाहेक सबैको मूल्य घटेको छ। बैंकिङको पनि आज जम्मा ०.०२ प्रतिशत र लाइफ इन्स्योरेन्सको १.०३ प्रतिशतले बढेको हो। आन फाइनान्सको १.५७ प्रतिशत, इनभेस्टमेन्टको १.६५ प्रतिशत र हाइड्रोपावरको १.६९ प्रतिशतले बढेको हो।कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै एसियन लाइफ इन्स्योरेन्सको ७ करोड ३१ लाख ३३ हजार रुपैयाँको सेयर कारोबार भएको छ।
यसपछि लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५ करोड ४३ लाख ८७ हजार रुपैयाँ, सिटिजन इनभेस्टमेन्ट ट्रस्टको ५ करोड ३४ लाख ५४ हजार रुपैयाँ, नेपाल रिइस्योरेन्स कम्पनीको ४ करोड ३७ लाख ८३ हजार रुपैयाँ र न्यादी ग्रुप पावरको ३ करोड ५१ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ।
क्याटेगोरी : समाचार
ट्याग : ##नेप्से परिसूचक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्