सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने जसपाको निर्णय
काठमाडौं, १४ असार । सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी सबै मन्त्रीलाई एकसाथ फिर्ता बोलाउने निर्णय गरेको छ ।
सोमबार राति बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समिति बैठकले सरकारमा रहेका चारवटै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
उपेन्द्र पक्षीय कार्यकारिणी सदस्यहरूको बैठकले नयाँ मन्त्री पठाउने अधिकार उपेन्द्रलाई दिने निर्णय समेत गरेको छ । कार्यकारिणीको बैठकमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षीय नेतालाई भने नबोलाइएको बताइएको छ ।
दुई दिनअघि मात्र एकीकृत समाजवादीका तर्फबाट मन्त्रिमण्डल हेरफेर भएको थियो । त्यसलगत्तै जसपाले पनि सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । यससँगै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डल पुनः हेरफेर हुने भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #जसपा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्