बिर्तामोडकी मेयर पवित्रा महतारामाथि वाणिज्य संघका नेताले गरे दुर्व्यवहार
काठमाडौँ । बिर्तामोडकी मेयर पवित्र महातार प्रसाईँमाथि दुर्व्यवहार भएको छ ।
सोमबार बुधबारे हटियाको सन्दर्भमा छलफल गर्न बसेको सर्वपक्षीय बैठकमा मेयर प्रसाईँमाथि दुर्व्यवहार भएपछि नगर तनावग्रस्त बनेको छ ।
मेयर पवित्रामाथि विर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले दुर्व्यवहार गरेको बताइएको छ ।
उनले एमालेका नगर अध्यक्ष सुवास भट्टराईमाथि हातपात गरेको आरोप एमालेले लगाएको छ ।
बुधवार हटियाका व्यापारीलाई विद्युत महसुलको मिटर दिनुपर्ने मागका विषयमा सम्बोधन गर्न नगरपालिकाले सर्वदलीय बैठक बोलाएको थियो ।
बैठकमा मेयर महतरा बोल्न थालेपछि न्यौपाने आफ्नो ठाउँमा उठेर अवरोध गर्न थाले । बैठकमा सहभागी एमाले अध्यक्ष भट्टराईले मेयरका कुरा सुन्न आग्रह गर्दा उनी भट्टराईमाथि हातपातमा उत्रिए स्थिति झनै बिग्रिएको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #दुर्व्यवहार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्