नेता बस्नेतद्धारा रानीखोला पुल उद्घाटन
सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पुरानो बसपार्कसँगै निर्माण सम्पन्न रानी खोला पुल उद्घाटन गरिएको छ । प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सो पुल उद्घाटन गर्नुभयो ।
उहाँले सूर्यविनायकको पाण्डु बजारदेखि गुण्डुसम्मको करिब छ किलोमिटर कालोपत्र सडक अन्तिम चरणमा रहेको भन्दै उक्त सडकमा हालसम्म रु ३३ करोड बजेटमा काम भइरहेको बताउनुभयो । सांसद बस्नेतले स्थानीय तहको निर्वाचन सकिएकाले स्थानीय तहको निर्वाचनमा कुनै तीक्तता रहेको भए त्यसलाई बिर्सेर सबै पार्टी र नेता मिलेर भक्तपुरको विकासमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा डा नं ७ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले भक्तपुरको विकासले पाँच वर्षको अन्तरालमा निकै फड्को मारेको भन्दै नगरपालिकाले कुनै विभेद नगरी विकासको काम गर्ने बताउनुभयो । त्यसअवसरमा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापालगायतले विकासमा ऐक्यबद्धता जनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
यो पुल सञ्चालनमा आएसँगै पूर्वतर्फ गुण्डुबाट घ्याम्पेडाँडा, रानीकोट र पश्चिमतर्फ अनन्तलिङ्गेश्वर, दधिकोट, बिरुवा, सिरुटार जाने सहज हुने भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #महेश बस्नेत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्