निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरू गर्न रोकारवालाको माग
वीरगञ्ज, ३ असार । बहुचर्चित बहुप्रतिक्षित वारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरु गर्नुपर्ने भन्दै सरोकारवालाले दबाब सिर्जना गर्दै आएका छन् ।
अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न स्थान परिवर्तन गर्न आएको अदालतको सो निर्णयप्रति असहमति राख्दै उक्त निर्णय अविलम्ब सच्चाउन सरोकारवालाले जोडदार माग गर्दै आएका छन् ।
विमानस्थल निर्माण गर्न माग गर्दै सरोकारवालाले कहिले विरोध प्रदर्शन, कहिले सडक अवरुद्ध, सडकमै मानव साङ्लो प्रदर्शन, राजमार्गमा रिले अनशन, प्रधानमन्त्रीलगायत विभिन्न दलका शीर्ष नेतासँग भेटी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नेबारे ज्ञापनपत्र बुझाउने लगायतका क्रियाकलाप जारी राखेका छन्
साथै अझै पनि निरन्तर विभिन्न दबाबमूलक कार्य गर्दै जाने निजगढ सार्वजनिक सरोकार समितिका अध्यक्ष एकबहादुर श्रेष्ठले बताउनुभयो ।
मुलुकको सम्भावित स्थानमा सर्वे गरी हरेक दृष्टिकोणले निजगढमा विमानस्थल बनाउन देशी विदेशी विज्ञसहितको सर्वे टोलीले उपयुक्त हुने प्रतिवेदन बुझाएसँगै ढिलै भए पनि यहाँ विमानस्थल निर्माणका प्रारम्भिक चरणका कार्य हुँदै आइरहेका थियो ।
विमानस्थल निमार्ण हुनुपर्ने पक्षधरले उक्त निर्णय समग्र मुलुकको आर्थिक समृद्धि भन्दा बाहिर भन्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न जोडदार माग गर्दै आएका छन् ।–रासस
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #hot, #निजगढ अन्तर्राष्ट्रिय विमानस्थल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्