Techie IT
बिहीबार, वैशाख २५,२०८२

सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुला


काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि पनि आवेदन खुलाएको छ।

विभागले गएराति ९ बजेदेखि वर्ग थपको लागि समेत अनलाईन प्रणालीमार्फत आवेदन खुलाएको हो। यस अघि विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलाएको थियो।

विभागअन्तर्गत सूचना प्रविधि शाखाका इन्जिनियर सन्तोर पोखरेलले एक सूचना जारी गर्दै वर्ग थप गर्न समेत अनलाईन आवेदन दिन सकिने जानकारी दिएका हुन्।


क्याटेगोरी : समाचार
ट्याग : ##यातायात व्यवस्था विभाग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:16 am6:43 pm +0545