वीरगञ्ज महानगरपालिकाले नगरवासीको विद्युत महशुल व्यहोरिदिने
वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाले नगरवासीको विद्युत महशुल व्यहोरिदिने भएको छ ।
मधेस प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकाले प्रतिघर मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल रकम पालिकाले व्यहोर्ने भएको हो ।
महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंहले मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शूल्क र इनर्जी शुल्क महानगरले नै भुक्तानी गर्ने निर्णय गरेका हुन् ।विद्युत् महसुलसम्बन्धी निर्णयलाई महानगरपालिकाको पहिलो बोर्ड बैठकबाट पारित गरी कार्यान्वयनमा ल्याउने नगरप्रमुख सिंहले बताएका छन् ।
यसैबीच सडक विभाग मातहतमा रहेको वीरगञ्जको घण्टाघरबाट माईस्थान चोकसम्मको कालोपत्रे सडकलाई विभागको सहमतिमा मर्मत सम्भारको काम अघि बढाउनेसमेत निर्णय गरेका छन् ।
त्रिभुवन राजपथअन्तर्गत पर्ने उक्त सडक खण्डको कालोपत्रे बिग्रिएका कारण आवागमनमा समस्या हुनुका साथै सडक दुर्घटनासमेत भएकाले महानगरपालिकाले उक्त सडकलाई तत्काल मर्मत सम्भार काम अघि बढाइएको नगरप्रमुख सिंहले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #राजेशमान सिंह, #वीरगञ्ज महानगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्