टोखामा समाजवादी पार्टीका उम्मेदवार र प्रभावशाली नेतानै सूर्यको झण्डा बोकेर प्रकाश अधिकारीको चुनावी प्रचार प्रसारमा
टोखा नगरपालिकामा नेकपा एमाले मजबुत बन्दै
भुइँ तहको मानिने स्थानीय तहको निर्वाचन जतिजति नजिकिँदै छ, चुनावी मैदानमा होमिएका उम्मेदवारहरु उतिउति घरदैलो कार्यक्रमलाई तीव्रता दिन थालेका छन् । नगरपालिकाका उम्मेदवार जनताका बीचमा पुगेर मत मागिरहेका छन् । टोखा नगरपालिकामा नेकपा एमाले मजबुत बन्दै गएको छ ।
२०७४ सालमा प्रमुख र उपप्रमुखमा विजयी बनेको नेकपा एमालेले यस पटक ५ वर्षमा गरेका विकास निर्माणका कामहरु लिएर टोखा वासीको माझमा पुगेका उम्मेदवारहरुलाई नेकपा एकीकृत समाजवादीका नेताहरुले समेत सक्रिय साथ दिएका छन।
नेकपा माले कालिन समय देखि नै टोखा क्षेत्रमा कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेर संगठन विस्तार गरेका प्रभावशाली नेता गजराज श्रेष्ठ नेकपा एस छोडेर नेकपा एमालेको प्रचारमा जुटे संगै थप बलियो बनेको नेकपा एमालेलेलाई अन्य नेताहरुले पनि साथ दिएका छन्।
त्यस्तै नेकपा एकीकृत समाजवादीका तर्फ बाट वडा नं १ को अध्यक्षमा मनोनयन गरेका श्याम लाल श्रेष्ठ , सदस्यमा मनोनयन गरेका महेश्वर अधिकारी अहिले नेकपा एमालेको प्रचारमा निकै सक्रिय रहेका छन।
टोखा नगरपालिकाका लागि प्रस्तावित नगर प्रमुखका उम्मेदवार गजराज श्रेष्ठको सक्रियताले नेकपा एमालेको अभियानमा सकरात्मक प्रभाव पारेको बताउदै नगर कमिटी अध्यक्ष सत्यनारायण डंगोलले नेकपा माओवादी केन्द्रका नेता तथा वडा नं ८ का अध्यक्ष उम्मेदवार रतन परियार पनि अभियान मै रहेको जानकारी दिएका छन।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्