पर्यटकीय क्षेत्रको विकास, विस्तारका लागि प्रदेश नं ३ ले गर्यो पर्यटन विकास आयोजना स्थापना
पर्यटकीय क्षेत्रको विकास, विस्तार तथा संरक्षणका लागि प्रदेश नं ३ ले पर्यटन विकास आयोजना स्थापना गरिएको छ ।
आयोजनाको कार्यालय प्रदेशको अस्थायी राजधानी हेटौँडामा राखिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको सो आयोजनामा १५ जना कर्मचारीको व्यवस्था भए पनि हाल चार जना कर्मचारी मात्र कार्यरत छ ।
नयाँ पर्यटकीय क्षेत्रको गन्तव्यको पहिचान गर्ने उद्देश्यले स्थापित उक्त आयोजनाका लागि सङ्घीय सरकारबाट रु १० करोड अनुदान तथा प्रदेश सरकारबाट रु ९१ करोड गरी कूल रु एक अर्ब एक करोड बजेट विनियोजन गरिएको छ ।
पर्यटन क्षेत्रसँग सम्बन्धित अन्य निकाय नभएकाले यस सम्बन्धी सम्पूर्ण काम हेर्ने गरी प्रदेश नं। ३ सरकारले सो आयोजना स्थापना गरिएको हो । आयोजनाले सङ्घीय सरकारअन्तर्गतका पुरातत्व विभाग, राष्ट्रिय निकुञ्ज, वन विभागलगायतका निकायसँग सहकार्य गरी काम गर्ने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पर्यटन विकास आयोजना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्