चुनावको मुखैमा भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी किन आए काठमाडौँ ?
काठमाडौँ, १९ वैशाख । नेपालमा स्थानीय तहको निर्वाचनको सम्मुखमा भारतको प्रमुख प्रतिपक्ष दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी काठमाडौँ आएका छन् ।
उनी सोमबार साँझ ५ बजे भिस्तारा एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
गान्धी नागपोखरीस्थित होटल मेरियटमा बसेका छन् । उनी पूर्व राजदूत भीम उदासकी छोरी सुम्निमा उदासको वैवाहिक समारोहमा बिहीबार सरिक हुने कार्यक्रम रहेको बताइएको छ ।
उनी ५ दिन नेपाल भ्रमणमा रहेका बेला रारा वा मुस्ताङ जान सक्ने बताइएको छ । उनी शुक्रबार स्वदेश फर्किनेछन् । उनी वैवाहकि समारोहमा सरिक हुन र छुट्टि मनाउन नेपाल आएको बताइए पनि विशेष अवस्थामा नेपाल आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
उनी २०७५ मा पनि नेपाल आएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #राहुल गान्धी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्