Techie IT
सोमबार, वैशाख २९,२०८२

जापान जान लागेकी महिला गोलीसहित त्रिभुवन विमानस्थलबाट पक्राउ


काठमाडौं । नेपाल प्रहरीले एक राउण्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोविता नेपाली छन् ।

प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गए राति पक्राउ गरिएको हो । नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी उनलाई जाँच गर्दा गोली बरामद भएको प्रहरीले जनाएको छ । उनी झोलामा गोली लिएर जापान जान लागेकी थिइन् ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:14 am6:45 pm +0545