स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तचित्र उम्मेदवारहरु सिफारिस गर्न एमालेको निर्देशन
काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तचित्र उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ ।
बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले मापदण्ड पास गर्दै एक महिलासहित ३ जना उम्मेदवार सिफारिस गर्न भनेको हो ।
प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिवद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मूल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता एवं सुशासन र विकासप्रतिको दृष्टिकोण तथा सन्तुलन र समावेशितालाई उम्मेदवार चयनको आधार बनाइएको छ ।
साथै वडाध्यक्ष र सदस्यको उम्मेदवार वडा कमिटीले सिफारिस गर्ने र जिल्लाले निर्णय गर्ने तय गरिएको छ । नगर तथा गाउँपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका र जिल्लाले सिफारिसमा प्रदेश कमिटीले तोक्नेछ ।
उपमहानगर र महानगरका प्रमुख र उपप्रमुखको उम्मेदवारहरु भने पालिका, जिल्ला र प्रदेशको सिफारिसमा केन्द्रीय कमिटीले तय गर्ने एमालेको निर्णय छ ।
प्रचार विभागका उपप्रमुख रिजालका अनुसार तल्लो कमिटीबाट आएका उम्मेदवारमा बीचको कमिटीले पनि आफ्नो तर्फबाट नाम थपेर माथिल्लो कमिटीमा सिफारिस गर्न सक्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #], #breaking, #एमालेको निर्देशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्