एसपी अधिकारीको पहिलो सफलता : करोडौं मुल्य बराबरको अवैध सामाग्री सहित ट्रक चालक पक्राउ
चितवन । चितवन प्रहरीले करोडौं मुल्य बराबरको अवैध सामाग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्ज हुँदै चितवनतर्फ आउँदै गरेको चार वटा ट्रकबाट अन्दाजी २ करोड रुपैयाँ भन्दा बढीका अवैध सामाग्री बरामद गरेको हो ।
चितवनका प्रहरी प्रमुख समेत रहेका (एसपी) नवराज अधिकारीका अनुसार चार वटा ट्रकमा बाहिर फलामे डण्डी र भित्र लत्ताकपडा लुकाएर तस्करी गरिएको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खैरहनी चितवनबाट खटिएको प्रहरी निरीक्षक सुवास भट्टको कमान्डको टोलीले ना ६ ग ११३, ना ६ ग ११६६, ना ६ ग ५०६१ र ना ७ ह ९२३४ नम्बरको ट्रकबाट ८६ वटा पोकामा रहेका लत्ताकपडाका बरामद गरेको हो ।
स्रोतअनुसार ती गाडीहरु तस्करको बादसाह भनेर चिनिने मदन कुमार गुप्ता समुहको रहेको छ । मंगलबार पनि राजश्व अनुसन्धान विभागले गुप्ताले तस्करी गरेर ल्याएको ट्रक नियन्त्रणमा लिएको थियो । भन्सार छली गरी ल्याइएका चोरीपैठारीका बिलबिजक नभएको सामाग्रीको थप अनुसन्धान गर्ने कार्य भइरहेको एसपी अधिकारीले बताए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- २काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ३काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ४रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ५काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ८पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित






तपाईको कमेन्ट लेख्नुहोस्