Techie IT
शनिबार, वैशाख २७,२०८२

 हिमाली जिल्ला मनाङमा हिमपात


मङ्सिर १७ गते । हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बुधबार राति १२ बजेदेखि हिउँ पर्न थालेको स्थानीयले बताएका छन् ।

मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार हिमपात भइरहँदा चिसो बढेको छ । हिउँले डाँडाकाँडा सेताम्मे भएको छ । पानी पनि परिरहेको छ ।

यो वर्ष हिमपात हुन सुरु भयो’, उहाँले भन्नुभयो, ‘अब हिउँ पर्ने क्रम बढ्दै जान्छ । अहिले नै जनजीवनमा भने खासै प्रभाव परेको छैन ।’

ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका क्षेत्रमा हिउँ परेको छ । माथिल्लो क्षेत्रको थोराङलापास, बेसक्याम्प, याकखर्च, तिलिचो क्षेत्रमा हिमपात भइरहेको छ । हिउँ पर्न थालेपछि चिसो बढेको मनाङ ङिस्याङ गाउँपालिका १ पिसाङका छिरिङ नेस्याङ गुरुङले बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #मनाङमा हिमपात


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:16 am6:44 pm +0545