कृषिमा यान्त्रीकिकरण, विषदीको न्यूनिकरण साथै उपभोक्ता अधिकारका विषयक गोष्ठी सम्पन्न

भुवन न्यौपाने
काठमाडौँ, । कञ्जुमर आई नेपालको आयोजनामा “कृषिमा उत्पादनमा यान्त्रीकिकरण, गुणस्तरीय मल विषदीको न्यूनिकरण र उपभोक्ता अधिकार” विषयक कार्यशाला गोष्ठी मंगलबार काठमाडौँमा सम्पन्न भएको छ । गुणस्तरीय वस्तु तथा सेवा उपभोग गर्न पाउनु हरेक उपभोक्ताको अधिकार हो भन्ने मुल आसयमा देशका विभिन्न ठाउँमा अभियान, अनुगमन र कार्यक्रम संचालन गर्दै आएको कञ्जुमर आई नेपालले कार्यपत्रहरु प्रस्तुत गरि उपभोक्तालाई सचेतना र सरकारका नियमक निकायलाई खवरदारी गर्दै आएको छ ।
कञ्जुमर आई नेपाल कि अध्यक्ष विमला खनालले गोष्ठी अध्यक्षता गर्दै “नेपालमा फलफूल तथा तरकारीमा मन्दविष” बिषयमा आफनो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।खनालका अनुसार, नेपालमा तरकारी तथा फलफूल लगायत कृर्षीजन्य उत्पादनमा व्यापकरुपमा विषादीको प्रयोग हुदै आएको र सरकारले भने आवश्यक प्रभावकारी कदम लिन नसक्दा मानव शरीरमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर पारीरहेको बताईन । उनका अनुसार तरकारी तथा फलफूल लगायत कृषिजन्य उत्पादनमा विषादि प्रयोग भएका कारण गर्वमा रहेको बच्चा समेत सुरक्षीत नरहेको जानकारी दिईन् ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा बोल्दै कृषि तथा पशुपन्छि विकास मन्त्री, चक्रपाणि खनालले भने – “हामिसंग उपभोक्ता अधिकारका कानुन पनि बलियो छन् तर कार्यन्ययनमा अलि कमजोरी देखिएको हुन सक्छ, उपभोक्ता अधिकारका विषयमा हामि सचेत छौ । उत्पादन योग्य जमिन, कृषकको ज्ञान, सिप र लगानीमा यन्त्रको प्रयोगलाई बढाई कृषि व्यवसायिकरण र आधुनिकिकरमा हामि लाग्नु पर्दछ ।” कार्यक्रममा मन्त्री खनालले दैनिक जिवनमा उपभोग गर्ने वस्तु उत्पादन देखि नै सुरक्षित गराउदै उपभोक्ता सम्म पुग्नु पर्दछ भन्ने कुरामा जोड दिए ।
कार्यक्रममा कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव डां युवक ध्वज जि। सि।ले भने –किटनासक औषधी, औषधी हाईन विष हो भनेर कृषकहरुलाई जानकारी गराउन हामि सरोकारवाला व्यतिm तथा संस्थासंग सहकार्य गरेर सचेतना गराउनुका साथै कृषि विकास र उपभोक्ता अधिकारमा सचेत रहेको जानकारी दिए ।
कार्यक्रममा कृषि विज्ञ देवदास मानन्धरले कृषिमा यान्त्रिकिकरण सम्वन्धमा कार्यपत्र प्रस्तुत गर्दै मानविय श्रमलाई अझै फलदायि गराउनका साथै कृषिमा व्यवसायिकरण गरि उत्पादन बृद्धिका लागि विभिन्न कृषिमा आवश्यक यन्त्रहरुको जानकारी दिए । अर्का कृषि विज्ञ भगवान खतिवडाले गुणस्तरीय कृषि मल सम्वन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेपालमा विषादीको प्रयोगबाट पर्ने असरको विषयमा प्रचार प्रसार हुने गरेपनि कृषकहरुलाई विषादी प्रयोगको विषयमा ज्ञान भने कमै जानकारी भएको पाईन्छ । किसानहरुले अझैपनि विषादी सहि तरिकारले प्रयोग गर्न जानेका छैनन् । उपभोक्ता अनुगमनमा कृषकहरु उत्पादन वृद्धिको लागि विषादीलाई पनि औषधीको रुपमा अत्याधिक प्रयोग गर्ने गरेको पाईन्छ ।
विभिन्न अनुगमनकर्ता, संचार माध्यम र कृषि विकास मन्त्रालयको तत्थ्याङ्क अनुसार गत वर्ष नेपालमा विदेशबाट ५ सय ७४ टन विष विषादी आयत भएको छ । विदेशी मुलुकबाट गतवर्ष कीटनासक १ सय ८१ टन रोगनाशक २ सय ४७ टन, झारनासक १ सय ३४ टन र अन्य ११ नट विषादी नेपाल भित्रिएको छ । नेपालले गत वर्ष मात्रै ६९ करोड रुपैयाको विषादी विदेशी मुलकबाट खरिद गरेको छ । नेपालमा आयत हुने ८५ प्रतिशत विषादी तरकारी तथा फलफुलमा प्रयोग हुने गरेको सरकारी तत्थ्याङ्क छ ।
नेपालमा कुनै त्यस्तो आकडाहरु नभए पनि संसारमा हरेक वर्ष ४ करोड मानिसलाई विषादीले असर गर्ने गरेको र करिव ३ लाख ५५ हजार मानिसको मृत्यु समेत हुने गरेको तत्थ्याङ्कहरु सार्वजनिक भएको छ ।
कार्यक्रममा कृषक, उपभोक्ता र सरोकारवाल व्यक्तिहरुको उपस्थीति रहेको थियो । कार्यक्रमको संचालन संस्थाका सचिव रन्जन खनालले गर्नुभएको थियो ।
आयातित तरकारीको नमूना परीक्षणलाई प्रभावकारी रुपमा विज्ञहरुबाट परिक्षण गराएपछि मात्र उपभोक्तालाई उपभोग गर्ने व्यवस्था सरकारले गर्नुपर्दछ । नेपालमा कृषि उत्पादनमा आधुनिकिकरण र व्यवसायीकरणका लागि विशेष योजनाका साथै यान्त्रीकिकरण, गुणस्तरीय मल, उन्नत बीउबिजन र विषादि न्यूनिकरणका लागि प्रवाभकारी रुपमा कृषक समक्ष प्रचार प्रसार, जनचेतना, तालिमको आयोजना गरिनुपर्दछ भन्ने सबै विज्ञहरुको जोड थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कञ्जुमर आई
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्