चितवनमा अरूको नाममा परीक्षा दिने २ जना नक्कली परीक्षार्थी पक्राउ
चितवन । चितवनमा प्रहरीले अरूको नाममा परीक्षा दिने २ जना नक्कली परीक्षार्थीहरुलाइ पक्राउ गरेको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरको पूर्व प्रकाशित सूचना अनुसार भाद्र महिनामा संचालन भएको डिप्लो तह प्रथम खण्डको सेमेष्टर प्रणालीको परीक्षा दिने दुई नक्कली परीक्षार्थीलाइ प्रहरीले पक्राउ गरेर हिजो (शुक्रबार) सार्वजनिक गरेको हो ।
भरतपुर १० मा रहेको नारायणी बहुप्राबिधिक शिक्षालयको परीक्षा केन्द्रबाट डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ कार्यक्रमको केमेष्ट्रि बिषयको आंशिक तर्फको परीक्षाको परीक्षा दिइरहेको अवस्थामा परीक्षा केन्द्रका कर्मचारीले फेला पारेका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको टोलीले १७ बर्षका नाबालक सहित सर्लाही बरहथवा नगरपालिका वडा नंम्बर ६ बस्ने २१ बर्षिया दिप कुमार रायलाइ पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुउपर सम्मानित चितवन जिल्ला अदालतमा बुझाइ हिरासतमा राख्न म्याद थप अनुमति लिइ अनुसन्धान गर्न कार्य भईरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्