चार दिनमा ८९ जना फरार प्रतिवादी पक्राउ
चितवन । चितवन प्रहरीले फरार प्रतिवादीहरुलाइ पक्राउ गर्ने अभियानलाइ तीव्र रूपले अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले संचालन गरेको “फरार प्रतिवादी पक्राउ” अप्रेसनका क्रममा चार दिनको अवधिमा विभिन्न शिर्षकमा सजाय पाइ फरार रहेका ८१ जना पुरूष र ८ जना महिला गरी ८९ जना फरार प्रतिवादीहरुलाइ प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
चोरी, लागू औषध, बहु बिबाह, बन पैदावार, कीर्ते, जुवा, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध बिच्छेद, सवारी अंगभंग, सवारी ज्यान लगायतका मुद्दामा कैद तथा जरिवाना तोकी फरार रहेका उनीहरुलाइ पक्राउ गरी फैसला कार्यान्वयनका लागि सम्मानित चितवन जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्