कोरोना झन् बढ्यो : एकै दिन ३,११४ जनामा सङ्क्रमण
नेपालमा कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या बढेर तीन हजार ११४ पुगेको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या सात लाख ७९ हजार १७ पुगेको छ । शुक्रबार सङ्क्रमितको सङ्ख्या दुई हजार ९७७ थियो ।
पछिल्लो २४ घण्टामा थप १० हजार ६३५ जनाको पिसिआर परीक्षण तथा चार हजार २८५ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट दुई हजार ३०९ तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ८०५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
हालसम्म छ लाख ४१ हजार ५६५ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार १९७ सङ्क्रमित निको भइ घर फर्किएको मन्त्रालयले जनाएको छ ।
काठमाडौँ उपत्यकामा ६१५ सङ्क्रमित थपिए काठमाडौँ उपत्यकामा पछिल्लो समय ६१५ सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये काठमाडौँका ४२१, भक्तपुरका ८६ तथा ललितपुरका १०८ जना रहेका मन्त्रालयले जनाएको छ । काठमाडाँै उपत्यकामा सात हजार ६१९ सक्रिय सङ्क्रमित रहेका छन् । काठमाडौँमा पाँच हजार ५७४, ललितपुरमा एक हजार ११३ तथा भक्तपुरमा ९३२ सक्रिय सङ्क्रमित रहेका छन् ।
थप १६ सङ्क्रमितको मृत्यु
पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १६ सङ्क्रमितको मृत्यु भएको छ ।
योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ६९५ पुगेको मन्त्रालयले जनाएको छ ।
शुक्रबार कोरोनाबाट १८ जनाले ज्यान गुमाएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्