गाई प्रजातिको जनावर काट्ने तीन जना पक्राउ
चितवन । ईलाका प्रहरी कार्यालय रत्ननगरले गाई प्रजातिको जनावर काट्ने कार्यमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी पदमपुरबाट खटिएको प्रहरीको बिशेष टोलीले हिजो (बुधबार) दिउँसो अन्दाजी साँढे चार बजेको समयमा कालिका नगरपालिका वडा नम्बर १ सुन्दरबस्तीबाट ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा कालिका नगरपालिका वडा नंम्बर १ बस्ने ३२ बर्षिया उर्मिला परियार, सोही ठाउँ बस्ने १६ बर्षिया सविन परियार र सुवास परियार रहेको ईलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । प्रहरी कार्यालयले दिएको जानकारी अनुसार महेन्द्र सुवेदीको केराबारी नजिक सुन्दरबस्ती घोलको सुनसान एकान्त खाली जग्गामा गाई प्रजातीको जनावर (चौपाया) काटमार गरी काटिएको गाईको मासु बनाउँदै (भाग लगाउँदै) गरेको अवस्थामा उनीहरुलाइ पक्राउ गरिएको बताइएको छ ।
पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध सम्मानित चितवन जिल्ला अदालतवाट म्याद अनुमती लिई ईलाका प्रहरी कार्यालय टाँडीबाट थप अनुसन्धान गर्ने कार्य भईरहेको जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्