कोरोना महामारी भदौपछि फेरि बढ्न सक्ने
काठमाडौं । गत मंगलबारदेखि सार्वजनिक यातायात खुलाइएसँगै कोरोना महामारीको दोस्रो लहर रोक्न झन्डै दुई महिनाअघि जारी निषेधाज्ञा आंशिक रूपमा खुला भएको छ। तर अझसम्म राष्ट्रिय रूपमा कोरोना संक्रमण दर २० प्रतिशतको हाराहारीमै छ। पछिल्ला दुई दिनमा त यो २६ प्रतिशतमा उक्लेको छ। पर्याप्त परीक्षण र खोप अभावसँगसँगै संक्रमण दर अपेक्षित हिसाबले नघट्दा महामारी नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ। यो सातादेखि राजधानीमा गरिएको आंशिक खुलापनले संक्रमण झन् बढ्न सक्ने विज्ञहरू बताउँछन्।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पिसिआरमार्फत ७ हजार १ सय ३० जनामा भाइरस परीक्षण भएकोमा २६ प्रतिशतमा संक्रमण देखिएको छ। बुधबार पनि संक्रमण दर २६ प्रतिशत नै थियो। चिकित्सकका अनुसार हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड–१९ हुन सक्ने भएकाले समुदायले समयमै परीक्षण गर्नुपर्छ। तर त्यसो हुन सकेको छैन।
टेकु अस्पतालको निर्देशकबाट हालै सेवानिवृत्त सागर राजभण्डारी घरपरिवारका सबै सदस्य संक्रमित हुँदा समेत परीक्षण नभएको देखिएको बताउँछन्। ‘संक्रमण भित्रभित्रै गुम्सिएको छ र त्यही कारणले यो घट्न नसकेको हो,’ उनी भन्छन्। ‘हामीले परीक्षणको दायरा बढाउन सकेका छैनौं। कन्ट्याक्ट ट्रेसिङ अत्यन्त कमजोर छ। स्थानीय तहको भूमिका कन्ट्याक्ट ट्रेसिङमा अपेक्षित देखिएन,’ उनी भन्छन्। पछिल्ला दिनमा प्रदेश १, वाग्मती र गण्डकीमा संक्रमण अन्यत्रको भन्दा बढी देखिएको छ।
इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाका पूर्वनिर्देशक डा। बाबुराम मरासिनी संक्रमण व्यापक रूपमा फैलिएकाले घट्न समय लागेको तर्क गर्छन्। ‘हामीले वैशाखको मध्यभन्दा चैतको मध्यदेखि निषेधाज्ञा जारी गरेको भए संक्रमण धेरै तल झर्न सक्थ्यो तर ढिलो हुँदा यसले व्यापक रूपमा फैलिने मौका पायो,’ उनी तर्क गर्छन्। देशका विभिन्न स्थानमा बाढीपहिरो आएकाले प्राकृतिक कारणले मानिसको आवतजावत कम हुने हुँदा तत्काल संक्रमण ह्वात्तै नबढे पनि भदौपछि यो फेरि बढ्न सक्ने उनी बताउँछन्। नागरिक दैनिक
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ५काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ
- ८वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…






तपाईको कमेन्ट लेख्नुहोस्