पत्रकारलाई धम्की दिइएकामा चौतारीको विरोध

प्रेस चौतारी नेपालले चौतारीका कर्णाली प्रदेश कमिटीका सदस्य एव संसदीय मामिला पत्रकार समाज प्रदेश अध्यक्ष शेरबहादुर थापामाथि समाचार लेखेकै विषयलाई लिएर आइरहेको धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पत्रकार थापालाई नेपाली काँग्रेसका प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको निर्देशनमा बारम्बार यस्तो धम्की आइरहनु अत्यन्तै दुखद र गम्भीर विषय भएको चौतारीका कार्यबाहक महासचिव हीरामान लामाले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
आफू निकटका व्यक्तिलाई उक्साएर शाहीले प्रेस स्वतन्त्रताविरोधी गतिविधि गरेको चौतारीले जनाएको छ । ‘नेपाल प्रेस डेटकम’मा प्रकाशित ‘सरकारी प्रोडोमा रातो नम्बर प्लेट ः काँग्रेस नेतालाई दिए मुख्यमन्त्रीले गाडी उपहार’ र ‘मन्त्रीहरुले पनि मोटरसाइकल चढ्नुपर्छ भन्दै भाषण गर्ने जीवन शाही अहिले प्राडोमा’ भन्ने शीर्षकको समाचारलाई लिएर पत्रकार थापामाथि ज्यानै लिनेसम्मको धम्की आउनु पत्रकारिता जगतमाथिकै प्रहार भएको चौतारीको भनाइ छ ।
“समाचार चित्त नबुझे खण्डन गर्ने, कानुनी बाटोमा जान सकिने सभ्य तरिका हुँदाहुँदै नेता शाहीले आफ्ना आसेपासे र पालितपोषित व्यक्तिमार्फत गालीगलौज र भौतिक हमलाको धम्की दिने कार्य आफ्नो कुकर्म, अनियमितता र भ्रष्टाचार लुकाउने मुडेबलबाहेक केही हुन सक्दैन ।
”विज्ञप्तिमा भनिएको छ, “अझ सार्वजनिक पद धारण गरेका व्यक्तिबाट यस्ता हर्कत हुनु अपराध नै हो ।
यो कुनै पनि हालतमा क्षम्य हुन सक्दैन । प्रेस जगतलाई धाक, धम्की र त्रास देखाएर आफ्ना गलत र गैरकानुनी क्रियाकलाप ढोकछोप गर्ने प्रवृत्तिविरुद्ध हामी जस्तोसुकै मूल्य चुकाउन तयार छौँ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रेस चौतारी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्