इभेन्टद्वारा ४३ हजार युवालाई तालिम

काठमाडौँ, । वेरोजगार युवालाई स्वरोजगार बनाउन सञ्चालन गरिएको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना–दोस्रो (इभेन्ट) अन्तर्गत अहिलेसम्म ४३ हजार युवाले तालिम लिएका छन् ।
विपन्न, महिला, पिछडिएका समुदायका वेरोजागर युवालाई भौचरमा आधारित छोटो र लामो अबधिका ४३ हजार ८२३ जनालाई तालिम दिइएको हो ।
पाँच वर्षको अवधिमा भौचरमा आधारित ६९ हजार पाँच सय युवालाई तालिम दिने लक्ष्य लिएकोमा हालसम्म ४३ हजार ८२३ जनाले तालिम पूरा गरेको परियोजना निर्देशक चन्द्रकान्त भुषालले जानकारी दिनुभयो । उहाँले कोभिड १९ का कारण तालिम प्रभावित भएको बताउनुभयो ।
चौथो वर्ष २० हजारलाई तालिम उपलब्ध गराउने जनाएको छ ।
अहिले विश्व बैंकको ६ अर्ब आर्थिक सहयोगमा इभेन्ट परियोजनाको दोस्रो चरण सेप्टेम्बर २०१७ देखि २०२२ सम्म वेरोजगार युवालाई छोटो तथा लामो अवधिका तालिम दिइने छ ।
शिक्षा पत्रकार सञ्चालको आयोजनामा भएको कार्यक्रममा परियोजना निर्देशक भुषालले कोभिड–१९का कारण यो वर्षको तालिम शुरु हुन नसकेको बताए ।
परियोजना अन्तर्गत हाउस वायरिङ, वल्डिङ, डकर्मी, सिलाईकटाई, ब्युटिपार्लर, पलम्बिङ् लगायतका ४० प्रकारका तालिम दिइएको छ । टेक्निकल एसएलसी (टीएसएलसी)का विद्यार्थीलाई जनही ५० हजार रुपियाँ र डिप्लोमाका विद्यार्थीलाई जनही डेढ लाख रुपियाँ उपलब्ध गराउने गरिएको छ ।
पहिलो वर्ष र दोस्रो वर्षमा रोजगारी दर सरदर ७५ प्रतिशत रहेको परियोजनाले जनाएको छ ।
परियोजनाले तीन महिनाको तालिम र क्रमिक छ महिना रोजगारीको अवधि निर्धारण गरेको छ । निर्देशक भुसालले वेरोजगार युवालाई स्वरोजगार बनाउनकालागि तालिम दिइएको बताउनुभयो ।
उहाँले नेपालमा सफल देखिएपछि विश्व बैङ्कले भौचरमा आधारित छोटो अवधिको तालिमलाई अन्य मुलुकमा पनि प्रयोगमा ल्याएको जानकारी दिनुभयो ।
क्याटेगोरी : विशेष, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्