कोरोना अपडेट : छ हजार ८२५ सङ्क्रमित, झण्डै ६ हजार निको
पछिल्लो २४ घण्टामा छ हजार ८२५ जनामा कोरोना सङ्क्रमण भएको छ । देशभर कूल २१ हजार ७७३ नमुना परीक्षण गरिएको थियो ।
त्यसमध्ये पिसिरआर विधिबाट १८ हजार ५६२ र एन्टिजेन विधिबाट तीन हजार २११ परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पाँच हजार ९०४ जना निको भएका छन् ।
नेपाली सेनाद्वार विभिन्न मितिमा शव व्यवस्थापन गरेको समेत गरी कूल ७५ जनाको दुःखद् निधन भएको मन्त्रालयले जनाएको छ । योसहित कूल मृत्यु हुनेको सङ्ख्यामा सात हजार ६३० जना पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पाँच लाख ७६ हजार ९३६ जना कोरोना सङ्क्रमित हुँदा चार लाख ६७ हजार ४६७ जना निको भएका छन् ।
पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १८.६ प्रतिशत रहेको छ भने पोजेटिभमध्ये मृत्यु दर १.६ प्रतिशत रहेको मन्त्रालयको विवरणमा उल्लेख छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ३८२ रहेको छ । यस्तै निको भएकाको सङ्ख्या एक लाख ७५ हजार ८५२ रहँदा एक हजार ६५३ जनाले ज्यान गुमाएका छन् ।
भक्तपुरमा कूल सक्रिया सङ्क्रमित चार हजार १७४ छन् भने निको भएका १५ हजार ९३१ छन् ।
यस्तै कोरोनाका कारण सो जिल्लामा ३२९ जनाको ज्यान गएको छ । उता ललितपुरमा सक्रिय सङ्क्रमित छ हजार ४० छन् । कूल २७ हजार ७२४ जना निको हुँदा ४५५ जनाको निधन भएको छ । पछिल्ला दिनमा कोरोनाको सङ्क्रमण दरमा कमी आइरहेको समेत पछिल्लो विवरणले देखाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ५काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ
- ८वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…






तपाईको कमेन्ट लेख्नुहोस्