चोरीमा संलग्न दुइ जना पक्राउ
चितवन । चितवन प्रहरीले चोरीमा संलग्न दुइ जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नंम्बर १६ नविनचोक र सोही ठाउँको गाविस चोकमा रहेको बिजुलीको पोलमा जडान गरेको प्राईम नेटवर्क प्रा.लि.को अठासी सय पर्ने ४ (चार) थान डिक्स बक्स चोरी गर्ने माडी नगरपालिका २ बस्ने २० बर्षिया कासी चौधरी र २२ बर्षीया श्रीकृष्ण महत्तोलाइ प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले गएको बैशाख ३१ गते राती ११ बजेको समयमा डिक्स बक्स चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेपछि जेठ २ गते भरतपुर महानगर ७ बुद्ध चोकबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।
स्थानीय रामकुमार चौधरीको घरमा डेरा गरी बस्ने उनीहरुको कोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा ४ चार थान डिक्ससमेत प्रहरीले बरामद गरेको थियो । पक्राउ परेकाहरु उपर आवश्यक कार्वाहीका लागी सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने कार्य भईरहेको चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए । पक्राउ परेकाहरु यस अघि पनि चोरी कार्यमा संलग्न रहेको समेत प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको एसपी अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्