लेलेका वेहुला–वेहुलीमा कोरोना संक्रमण
खाँदबारी – संखुवासभाको मादी नगरपालिका–३, लेलेका वेहुला–वेहुलीमा कोरोना संक्रमण भएको छ । बैशाख २३ मा भएको विवाहका २५ बर्षीय वेहुला र २० वर्षीय वेहुलीमा संक्रमण पुष्टि भएको नगर प्रमुख विदुर लिङ्थेपले जानकारी दिनुभयो ।
विवाह भएको दुई दिनपछि संक्रमण देखिएको मादीको स्वास्थ्य शाखाले जनाएको छ । ज्वरो र रुघाखोकी आएपछि शनिबार परीक्षण गराउँदा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पढाइको सिलसिलामा काठमाडौं बस्दै आएका उनीहरु १५ दिनअघि काठमाडौंबाट मादी आएका थिए । विवाह र पुराण एकै घरमा भएको थियो । विवाहमा तीन सय भन्दा बढी सहभागी भएकाले सहभागीहरुलाई सजक रहन मादी नगरपालिकाले अनुरोध गरेको छ । गाउँमा नै संक्रमण फैन सक्ने भएकोले लेले गाउँनै सिलगरी स्वाव संकलनका लागि स्थास्थ्यकर्मी टोली परिचालन गरिएको नगरप्रमुख लिङ्थेपले बताउनुभयो । संक्रमित देखिएका दम्पतीलाई चैनपुरमा राखीएको छ । जिल्लामा हाल एक सय एकाईस जना भन्दा बढी कोरोना संक्रमति रहेका छन् ।
यस अघि पनि विवाह भोजभतेरमा सहभागीहरुमा संक्रमण देखिएको थियो । यसले समुदाय स्तरमा कोरोना फैलिएको हुन सक्ने देखाएको छ । संक्रण बढ्दो रुपमा भएपनि विवाह, पुराण, पुजा लगायतका धार्मीक कार्यहरुमा भिडभाड निकै बाक्लो देखिने गरेको छ । भिडभाड भएपनि स्थास्थ्य मापदण्ड नअपनाउँदा जिल्लमा संक्रण दर बढेको छ ।
संक्रण बढे सँगै जिल्ला प्रशासन कार्यालय संखुवासभाले आइतबार राती देखि जेष्ठ २ गते सम्मका लागि निशेधाज्ञा जारी गरेको छ । संक्रमण रोक ऐन, २०२० को दफा २, र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) अनुसार जिल्ला भर निषेधाज्ञा जारी गर्ने निर्णय सुरक्षा समितिले गरेको हो ।
क्याटेगोरी : विशेष, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना, #संखुवासभा
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ५काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ
- ८वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…






तपाईको कमेन्ट लेख्नुहोस्