नेपालमा कोरोनाबाट एक सातामै २ सय २३ को मृत्यु
वैशाख । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा दुई संक्रमित थपिने गरेका छन् । पछिल्लो साताको संक्रमण दर विश्लेषण गर्दा प्रत्येक तीन जनाको कोरोना परीक्षण क्रममा एकमा संक्रमण देखिने गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत बुधबारदेखि मंगलबारसम्म ४३ हजार ६ सय ३४ जनामा संक्रमण देखिएको छ । १ लाख १० हजार ४ सय ९३ जनाको कोरोना परीक्षण क्रममा ४३ हजार ६ सय ३४ मा संक्रमण देखिएको हो ।
देशभर मंगलबार १ हजार ७ सय ७५ जना डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ८७ हजार ७ सय ९० संक्रमित निको भइसकेका छन् । गम्भीर प्रकृतिका संक्रमित संख्या बढ्दो क्रममा छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६ सय १६ आईसीयू र १ सय ७९ जना भेन्टिलेटरमा छन् ।
प्रदेश १ मा ९३ आईसीयू र १८ भेन्टिलेटर, प्रदेश २ मा २४ आईसीयू र दुई जना भेन्टिलेटरमा छन् । बाग्मती प्रदेशमा ३ सय २५ आईसीयू र १ सय २४ जना भेन्टिलेटरमा उपचाररत छन् ।
गण्डकी प्रदेशमा ४४ जना आईसीयू र दुई जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६९ जना आईसीयू र १६ जना भेन्टिलेटर, कर्णालीमा ३२ जना आईसीयू र सात जना भेन्टिलेटर र सुदूरपश्चिम प्रदेशमा २९ जना आईसीयू र १० जना भेन्टिलेटरमा छन् ।
काठमाडौं उपत्यकाको अस्पतालमा १ सय ९४ संक्रमित आईसीयू र ७७ जना भेन्टिलेटर र १ हजार २ सय १७ जना आइसोलेसनमा छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कोरोना
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ५काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ
- ८वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…






तपाईको कमेन्ट लेख्नुहोस्