थप सात हजार भन्दा बढीमा कोरोना , ४७७ आइसियुमा
देशभर गरिएको परीक्षणबाट हालसम्मकै उच्च सात हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमित् फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले सात हजार २११ मा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार १६ हजार १४७ पिसिआरमा सात हजार १३७ र ६२३ एन्टिजेन परीक्षणमा ७४ मा सङ्क्रमण देखिएको हो । यससँगै नेपालमा तीन लाख ३६ हजार ३० जना सङ्क्रमित भएका छन् ।
आज देखिएका सङ्क्रमितमध्ये सबभन्दा बढी ३० देखि ३९ वर्ष उमेर समूहका एक हजार ८०९ र २० देखि २९ वर्ष उमेर समूहका एक हजार ७६७ रहेका छन् । त्यस्तै ९ वर्ष उमेर समूहका बालबालिका १६६, १० देखि १९ वर्ष उमेर समूहका ४५७ रहेका छन् । सङ्क्रमित निको भई एक हजार ६१२ जना घर फर्किएका छन् । अहिलेसम्म दुई लाख ८३ हजार ९९४ जना निको भएर घर फर्किएका छन् ।
नेपालमा निको हुने दर ८४।५ प्रतिशत रहेको छ । सङ्क्रमणबाट आज २७ जनाको निधन भएको छ । नेपालमा अहिलेसम्म तीन हजार ३२५ जना सङ्क्रमणबाट निधन भएका छन् । डा गौतमका अनुसार आज काठमाडौँ उपत्यकामा तीन हजार ५९५ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ सङ्क्रमित भएका छन् ।
पाँच सयभन्दा बढी सङ्क्रमण भएका जिल्ला १२ पुगेका छन् । प्रवक्ताका अनुसार तिनमा मोरङ, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली छन् ।
आइसियुमा ४७७ र भेन्टिलेरमा १३१
सङ्क्रमितमध्ये ४७७ सघन उपचार कक्ष ९आइसियु० र १३१ भेन्टिलेटरमा उपचार गराइरहेका छन् । प्रदेश नंं १ मा ५४, प्रदेश नं २ मा २४, वाग्मती प्रदेशमा २५४, गण्डकी पाँच, लुम्बिनी ७७, कर्णाली ३३ र सूदुरपश्चिम ३० आइसियुमा छन् । यस्तै प्रदेश नंं १ मा १४, प्रदेश नं २ मा २, वाग्मती प्रदेशमा ७७, गण्डकी एक, लुम्बिनी २१, कर्णाली सात र सुदूरपश्चिममा नौ भेन्टिलेटर छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ५काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ
- ८वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…






तपाईको कमेन्ट लेख्नुहोस्