Techie IT
सोमबार, वैशाख २९,२०८२

व्यवस्थित लकडाउन गरी कोरोना संक्रमणको चेन तोड्न संसदीय समितिको सुझाव


काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सकोरोना संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिइरहेको भन्दै सरकारलाई २१ बुँदे निर्देशन तथा सुझाव दिएको छ ।

शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकले उक्त २१ बुँदे निर्देशन पारित गरेको थियो । समितिले कोरोना संक्रमण एक व्यक्तिबाट अर्कोमा सर्ने क्रम ९चेन० तोड्नका लागि व्यवस्थित लकडाउन गर्नु पर्ने सुझाव सकारलाइ दिएको हो ।

सरकारले बिहीबारदेखि लागु हुनेगरी पहाडी क्षेत्रका जिल्लामा २०० भन्दा बढी र सहरी क्षेत्रका जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेमा निषेधाज्ञा लगाउने अधिकार स्थानीय प्रशासनलाई दिएको थियो । तर संसदीय समितिले भने व्यवस्थित रूपमा लकडाउन गर्नका लागि सुझाव दिएको छ ।

त्यस्तै गरि , समितिले कोरोना संक्रमणको चेन तोड्नका लागि गरिने निषेधाज्ञा र लकडाउनका क्रममा कोरोना संक्रमित र अन्य रोगका बिरामीलाई स्वास्थ्य परामर्श दिनका लागि टेलिमेडिसिनको व्यवस्था गर्न पनि सुझाव दिएको छ ।

बैठकमा संघीय सरकारका मन्त्रालयहरूबीच आवश्यक समन्वय नभएको संसदहरुको  गुनासो गरे । त्यस्तै, स्थानीय तह, प्रदेश र संघीय सरकारबीच कोरोना नियन्त्रणका लागि समन्वय अभाव भएको उनीहरूको भनाइ थियो ।

 


क्याटेगोरी : समाचार
ट्याग : ##२१ बुँदे निर्देशन, ##शिक्षा तथा स्वास्थ्य समिति, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:14 am6:45 pm +0545