उपप्रधानमन्त्री पोखरेलको निर्देशन : सरकारी अस्पताललाई सर्वसाधारणमैत्री बनाउनुहोस्

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारणमैत्री बनाउन निर्देशन दिएका छन्।
सोमबार काठमाडौं क्षेत्र नम्बर ५ का चार वटा ठूला सरकारी अस्पतालका प्रमुखहरुसँगको बैठकमा उपप्रधानमन्त्री पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारण जनतामैत्री बनाउन निर्देशन दिएका हुन् ।
सरकारी अस्पताल गरिब तथा असहाय जनताको स्वास्थ्य जाँचको भरोसाको केन्द्र भएकोले सर्वसाधारणमैत्री बनाउन विशेष ध्यान दिन आग्रह गरे । साथै उनले सरकारी अस्पतालको सेवामा सुधार हुँदा बिरामीहरुले निकै ठूलो राहत पाउने बताए।
सोमबार उनले काठमाडौं क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने टिचिङ अस्पताल, कान्ति बाल अस्पताल, गंगालाल हृदयरोग केन्द्र र नेपाल प्रहरी अस्पतालले प्रदान गर्दै आएका सेवा, सुविधा र समस्या समाधानका विषयमा छलफल गरेका थिए । सरकारी अस्पतालको स्तरोन्नतिका लागि सरकारको आगामी नीति तथा कार्यक्रममा समेट्ने योजनाहरुको माग गर्न समेत उपप्रधानमन्त्री पोखरेलले आग्रह गरे ।
यस्तै छलफलमा काठमाडौं क्षेत्र नम्बर ५ का प्रदेशसभा सदस्य दीपक निरौलाले सरकारी अस्पतालको सेवालाई प्रभावकारी बनाउन आफूले सक्दो सहयोग गर्ने बताए।
क्याटेगोरी : समाचार
ट्याग : ##उपप्रधानमन्त्री पोखरेलको निर्देशन, #breaking
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्