बसपार्क वरपरका पैदलमार्गमा फूटपाथ बजार झनै फस्टायो, संक्रमणसँगै दुर्घटनाकोे जोखिम
महानगरले आँखा चिम्ल्यो , आँखा उघारोस् !

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं २८को पुरानो बसपार्क वरपरका पैदलमार्गमा फूटपाथ बजार झनै फस्टाएको छ। यहाँका पैदलमार्ग बेलुकी व्यापारीले ढाकेका हुन्छन् । बेलुकीको बजार हेर्दा लाग्छ देशमा कुनै रोगको महामारी नै छैन ।
यहाँ बेलुकी सवारी चढ्न पैदलमार्ग भएर जाने यात्रुले बाटो पाउँदैनन् । सुन्धाराबाट पुरानो बसपार्क, रत्नपार्कको वरिपरि र राष्ट्रियसभा गृहबाट पुराना बसपार्कसम्मको दुवैतर्फका पैदलमार्ग व्यापारीले भरिभराउ हुन्छन् ।
पुरानो बसपार्क क्षेत्र रहेको काठमाडौँ महानगरपालिका वडा नं २८ का वडा अध्यक्ष भाइराम खड्गी कोभिड –१९ सम्बन्धी विषयमा छलफल गर्न आज बोर्ड बैठक बस्न लागेकाले यस विषयमा कुरा राख्ने तयारी गरेको बताउँछन् ।
यहाँ २५ जनाभन्दा बढी भेला हुन नपाउने मापदण्ड कार्यान्वयन हुन सकेको छैन । यात्रुहरुलाई बस चढ्न पैदलमार्गमा हिँड्दै सङ्क्रमण होला भन्ने डर छ ।
यति मात्र हैन काठमाडौंको पुरानो बसपार्क वरपर जस्तै अन्य ठाउँहरुमा पनि पैदलमार्गका बाजारका कारण पैदलयात्रुहरु सडकबाट हिँड्न बाध्य हुँदा संक्रमणसँगै दुर्घटना हुने सम्भावना पनि निकै छ।
तसर्थ पैदलमार्गका बजारलाई उचित व्यवस्थापन गरि पैदलमार्गलाई खाली बनाउनु महानगरको जिम्मेवारी हो । यसतर्फ महानगरले समयमै ध्यान दिइ उचित कदम चाल्नु टड्कारो अवश्यकता देखापरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##फूटपाथ बजार झनै फस्टायो, #breaking
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्