Techie IT
आईतबार, वैशाख २८,२०८२

काठमाडौं उपत्यकामा एकैदिन १४ सय जना कोरोना संक्रमित , थप २८ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार जना भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ गरी १४९८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३१२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ, थप २८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #१४ सय जना कोरोना संक्रमित, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Mostly Cloudy
5:15 am6:44 pm +0545