काठमाडौंमा लकडाउन गर्न सिफारिस

काठमाडाैं, १२ वैशाख । भारतमा कोरोनाले भयावह स्थिति निम्तिएसँगैै काठमाडौं उपत्यकामा पनि संक्रमितको संख्या ह्वात्तै बढेको छ । यो अवस्थालाई ध्यानमा राखी काठमाडौंमा लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारलाई सुझाव दिएको छ ।
स्वास्थ्य मन्त्रालयको सुझावकै आधारमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाको अवस्था र नियन्त्रणका लागि गरिएका प्रयास बारे जानकारी गराएको छ ।सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे जानकारी गराएको स्वास्थ्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
काठमाडौंका बासिन्दाको लापरबाही रोक्न उपत्यकामा लकडाउन गर्न उपयुक्त हुने सुझाव सीसीएमसीमा दिइएको मन्त्रालय स्रोतको दाबी छ । यसबारेमा प्रधानमन्त्रीलाई विस्तृत जानकारी गराइसकिएकाले सरकारले तत्कालै आवश्यक निर्णय लिने स्रोतले जनाएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौंमा लकडाउन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्